• ट्रेण्डिङ्ग :
प्रचण्ड दाङ आउँदै

प्रचण्ड दाङ आउँदै


  • 5.2K
    SHARES
    • पौष २४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 8.0K Views

    प्रचण्ड दाङ आउँदै

    दाङ, २५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दाङ आउँनु हुने भएको छ । यही माघ ११ र १२ गते हुने माओबादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिको नगर अधिवेशनको उद्घाटन गर्न प्रचण्ड दाङ आउँन लागेको नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

    images

     अध्यक्ष प्रचण्डले माघ ११ गते नेकपा माओवादी केन्द्र तुलसीपुर नगर अधिवेशनको  उद्घाटन गर्ने कार्यक्रम  छ । यस्तै  १२ गते पार्टीको घोराही नगरको  अधिबेशनको उद्घाटनसंगै पत्रकार  भेटघाट र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भईसकेको पार्टी सचिव आचार्यले जानकारी दिनुभयो ।

     दुई दिनको दाङ बसाईका क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  प्रचण्डले दाङको समग्र बिकास निर्माणका बिषयमा छलफल समेत गर्नुहुने छ   । घोराही र तुलसीपुरको नगर अधिवेशन भब्य बनाउँन सम्पूर्ण तयारी गरिएको छ ।।


    तेस्रो आँखा