• ट्रेण्डिङ्ग :
राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन माघ ६ गते देखि शुरू हुने

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन माघ ६ गते देखि शुरू हुने


  • 2.6K
    SHARES
    • पौष २४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.0K Views

    राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन माघ ६ गते देखि शुरू हुने

    भालुबाङ २४ पुस । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभाको छैठौं अधिवेशन (हिउँदे अधिवेशन) आगामी माघ ६ गते देखि शुरू हुने भएको छ ।

    images

    राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बाह्रौं कार्यपालिकाकाे निर्णय अनुसार आगामी माघ ६ गते आईतबार बिहान ११ बजे अधिवेशनको मिति तय गरिएको हो ।

    गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिनुभयो । 
    मुख्यगरी गाउँसभामा विभिन्न विधेयक निर्माण  तथा वडा बाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्यसुचि रहेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।


    तुलबहादुर कवँर
    लेखकबाट थप