• ट्रेण्डिङ्ग :
पीएसजीलाई हराउँदै रियल क्वाटरफाइनलमा   

पीएसजीलाई हराउँदै रियल क्वाटरफाइनलमा   


  • 5.6K
    SHARES
    • फाल्गुण २६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    पीएसजीलाई हराउँदै रियल क्वाटरफाइनलमा   

    काठमाडौं, २६ फागुन । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई तीन एक गोल ले हराउँदै समग्रमा तीन दुई को जितसहित रियल अन्तिम आठमा पुगेको हो ।

    पहिलो हाफमा पीएसजीले एक शुन्य को जित निकालेको थियो । तर, दोस्रो हाफामा अग्रता जोगाउन नसक्दा पीएसजी बाहिरिएको छ ।

    पीएसजीले गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो ।

    घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले ह्याट्रिक गोल गरे ।

    पीएसजीका केलियन एमबाप्पेले एक गोल फर्काए ।

    खेलको ३९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

    तर,६१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई एक एक को बराबरीमा ल्याए ।

    ७६ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दुई एकको अग्रता दिलाए ।

    त्यसपछि खेलको ७८ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै रियललाई तीन एकको जित दिलाए ।

    बेन्जिमाले १७ मिनेट भित्र ह्याट्रिक पूरा गरेका हुन् । बेन्जिमा च्याम्पियन्स लिगमा तीन पटक ह्याट्रिक गर्ने पहिलो फ्रेन्च खेलाडी बनेका छन् ।

     


    तेस्रो आँखा
    लेखकबाट थप