तुलसीपुर, २६ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य दिपक गिरीले जेष्ठ नागरिकहरुले आफ्नो समयनै पार्टी प्रति समर्पित भएको कारणले गर्दा आज हाम्रो पार्टी देशकै ठुलो राजनीतिक दल बन्न पुगेको बताउनु भएको छ । शुक्रबार नेपाली काङ्ग्रेस तुलसीपुर नगरले जेष्ठ क्रियाशील सदस्य समान कार्यक्रमलाई सम्बाेधन गर्दै यहाले यस्तो बताउनु भएको हाे ।
जेष्ट नागरिकलेआफ्नो जिवन नै पाटि प्रति समर्पित गरेर पार्टीलाई महत्त्वपूर्ण याेगदान पुर्याउनु भएको संसद गिरीको भनाइ छ । उहाँहरुले हाम्रो पार्टीलाई साथ र सहयोग पार्टी प्रति प्रतिबद्धता भएकाे कारणले गर्दा नेपाली काङ्ग्रेस लाेकतान्त्रिक र अहिलेसम्म जुन स्थानमा छ याे स्थानमा पार्टी नहुने बताउनुभयो ।
राजनीतिकाे हब अहिले कठाेर तरिकाले परिमार्जन भइरहेकाे पनि उहाँले बताउनुभयो । विगतलाई हेर्दा हामीले लाेकतन्त्र ल्याइसकेपछि मुलुकमा १०/ १२ बर्षकाे अवस्थाकाे संयाेगमा हेर्दा अहिले अर्को अवस्थामा माेडिएकाे छ । ` याे समयमा नेपाली काङ्ग्रेस प्रति समर्पित सम्पुर्ण पार्टी प्रेमि सदस्यहरुलाई आफ्ना आवश्यकता नपुगदा पनि हजारौं नागरिकहरु सहिद भएका छन´ उहाँले भन्नुभयाे, ` आफ्नो देशमा सार्भभाैम सत्ता ,अखण्डता र लाेकतन्त्रका लागि सधैं उहाँहर देश प्रति समर्पित हुनु भएकाे हाे ´ ।
मुलुक कमजोर हुदाँ नेपाली काङ्ग्रेस सधैव देश प्रति समर्पित भएको छ । आफुलाई संख्खा तथा कुनै कुराकाे अन्यावल परेकाे खण्डमा हाम्रो जिल्ला कार्य समिति तथा तुलसीपुर नगर समिति क्षेत्रसंग आफ्नो कुरा राख्न संसद गिरिले आग्रह गर्नुभयाे । हरेक शिक्षण साथिहरु, व्यापारीहरु , दलित, थारु र महिला लगायतका सबै क्षेत्रमा रहेका नागरिकहरुलाइ सहयोग गर्नेमा हामी सदैव अगाडि बढ्नेछाैं ।
नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिले पार्टीमा क्रियाशील जेष्ठ सदस्यहरूलाई सम्मान गरेको छ। नगर सभापति सुरेश हमालको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यतामा तुलसीपुर नगर समितिले आफ्ना ४सय जेष्ठ सदस्यहरूलाई सम्मान गरेको हो। नगरसमितिले आफ्ना सदस्यहरुलाई क्रियाशिल सदस्यताको प्रमाणपत्र ,चेबन प्रास,सल,फाइबर सिरक,जुत्ता ,टोपीले सम्मान गरेको हो । कार्यक्रमको सहजीकरण नगर सचिव विमल कुमार पौडेलले गर्नु भएको थियोे । कार्यक्रममा पार्टीका जिल्ला सभापति क्षेत्रीय, सभापति, विभिन्न वडाका वडा सभापति लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
