• ट्रेण्डिङ्ग :
स्थानीय तहकाे निर्वाचनमा गठबन्धनलाई सँगै लैजान सकिन्छ -सभापति देउवा

स्थानीय तहकाे निर्वाचनमा गठबन्धनलाई सँगै लैजान सकिन्छ -सभापति देउवा


  • 6.4K
    SHARES
    • फाल्गुण २६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    स्थानीय तहकाे निर्वाचनमा गठबन्धनलाई सँगै लैजान सकिन्छ -सभापति देउवा

    काठमाडाैं,२६ फागुन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई सँगै लैजान सकिने बताएका छन् । विरगंज  पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाण पत्र हस्तान्तरण र्काक्रममा देउवाले गठबनधन प्रजातन्त्रको स्थायीत्व र संविधानको रक्षाका लागी बनेको भन्दै आगामी निर्वाचनमा समेत संगै जान सकिने बताएका हुन् ।   

    images

    लोकतन्त्रको स्थायीत्व र नागरिकलाई अधिकार सम्पन्न बनाउन नेपाली कांग्रेसको मुल एजेण्डा भएको भन्दै ती एजेण्डामा सहयोग गरेका माधव नेपाल र प्रचण्डसँग अहिल्यौ गठबन्धन तोडीनहाल्ने बताए ।  स्थानीय तहको निर्वाचनमा कहाँ कहाँ गठबन्धन गर्न सकिन्छ कहाँ सकिदैन्, त्यसलाई बुझेर स्थानीय नेताहरुलाई गठबन्धनका साथीहरुलाई नचिड्याउन निर्देशन दिए । 

    सठबन्धनको सरकार बनाउने कुरामा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण भएको उनले बताए । देउवाले भने, ‘कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यक्ता हुँने भएकाले गठबन्धमा रहेका साथीहरुसंगै मिल्न सकिन्छ ।’ सबै पार्टीको सहयोगले एमसीसी पास गरेको भन्दै अनुदानमा आएको यो विकास परियोजनाले देशको विकासमा ठुलो सहयोग पुग्ने देउवाले बताए ।

    एमसीसीका विषयमा केही नेताहरुले जानीजानी जनतामा भ्रम फैलाएकाले त्यसलाई चिर्न र स्थानीय तहको चुनावी तयारीका लागी पार्टीले गाउ अभियान थालेको सभापति देउवाको भनाइ छ । उनले भने, ‘कहा कहा मिल्न सकिन्छ? कहा सकिदैन् छलफल गरेर अघि बढ्नु पर्ने छ, त्यसैले अहिल्यौ गठबन्धनका साथीहरुलाई मिल्दैनौ नभन्नुस्, हामी कुनै न कुनै पार्टीसँग मिलेर चुनावमा नजानुपर्ने हुनसक्छ ।’ 


    तेस्रो आँखा
    लेखकबाट थप