• ट्रेण्डिङ्ग :
लुम्बिनीमा पुरक बजेट नल्याउने : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा पुरक बजेट नल्याउने : मुख्यमन्त्री आचार्य


  • 2.6K
    SHARES
    • पौष २७, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.9K Views

    लुम्बिनीमा पुरक बजेट नल्याउने : मुख्यमन्त्री आचार्य

    गुल्मी, पुस २७  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१–०८२ मा पुरक बजेट नल्याउने बताउनुभएको छ । नेकपा ९एमाले० धुर्कोट गाउँ कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    images

    वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनस्तरबाट निगरानी बढाउनुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले विकास र समृद्धिबाट विकट बस्तीलाई जोड्ने गरी प्राथमिकतामा राखेको बताउनुभयो ।

    एमाले धुर्कोट गाउँ कमिटिले विभिन्न माग समेटिएको ज्ञापनपत्र उहाँलाई त्यस कार्यक्रममा हस्तान्तरण गरेको छ । ज्ञापनपत्र लिनुहुँदै मुख्यमन्त्री आचार्यले यहाँहरुले दिनुभएका योजनाहरु अर्को बर्षको बजेटमा प्राथमिकताको आधारमा समावेश गरिने बताउनुभयो ।

    बजेट कार्यान्वयनमा यहाँहरुले निगरानी गर्न भने जरुरी रहेको भन्दै उहाँले प्राथमिकताको आधारमा योजना तर्जुमा गरिने स्पष्ट पार्नुभयो । परेका बजेटको सदुपयोगमा बढी ध्यान दिनुका साथै राम्रोसँग कार्यान्वयन र गुणस्तर रुपमा योजना सम्पन्न गर्नका लागि जनस्तरको सक्रियता चाहिने बताउनुभयो ।


    तेस्रो आँखा