• ट्रेण्डिङ्ग :
ट्रकको ठक्करबाट एक युवाको मृत्यु

ट्रकको ठक्करबाट एक युवाको मृत्यु


  • 2.8K
    SHARES
    • पौष २९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.3K Views

    ट्रकको ठक्करबाट एक युवाको मृत्यु

    कपिलवस्तु, पुस २९ । ट्रकको ठक्करबाट कपिलवस्तुमा एक युवाको मृत्यु भएको छ । सोमबार बिहान ७ः३० बजे बुद्ध भूमि २ वडहरा पुल नजिक भएको दुर्घटनामा सोही वडा गोरुसिङ्गे घर भएका वर्ष २० का अर्जुन थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।

    images

    पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २२२० न. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु ९१ प ३१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका थारुलाई प्रहरीले उपचारका लागी कपिलवस्तु अस्पताल पुराएको थियो ।

    अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक चालक जिल्ला चितवन रत्तनगर न.पा. ३ बस्ने वर्ष ३७ को जयराम तिमिल्सेना प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पङ्कज चुदाँलीले बताउनु भयो ।


    तेस्रो आँखा