• ट्रेण्डिङ्ग :
ओली जी ! रंग हेर्ने हैन्, ढंग सच्याउनुस रंगले पोल्दैन् –विश्वप्रकाश शर्मा   

ओली जी ! रंग हेर्ने हैन्, ढंग सच्याउनुस रंगले पोल्दैन् –विश्वप्रकाश शर्मा   


  • 9.0K
    SHARES
    • फाल्गुण २६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    ओली जी ! रंग हेर्ने हैन्, ढंग सच्याउनुस रंगले पोल्दैन् –विश्वप्रकाश शर्मा   

    काठमाडौं, २६ फागुन। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो ढंग सच्याएर राष्ट्रिय बहसमा आउन आग्रह गरेका छन्। मत पत्रको रंग हरियो बनाउने निर्वाचन आयोगको निर्णयप्रति प्रश्न उठाएको विषयमा कांग्रेसले केही बोल्नै पर्ने भएको भन्दै ओलीलाई राजनीतिक सैद्धान्तिक, बैचारिक र समृद्धिका विषयमा महस गर्न आग्रह गरेका हुन्।

    images

    आयोगले मतपत्रमा राख्न खोजेको हरियो रंगको विषयलाई अनावश्यक बहसमा ल्याएर ओलीले निर्वाचन आयोगलाई स्वतन्त्ररुपमा काम गर्न अवरोध गर्न खोजेको बताए। निर्वाचन आयोगको विगता परम्परा हेरिदिएको भए प्रधामन्त्री भइसकेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउदैनथ्यो’,उनले भने,‘मत पत्रमा हरियो देख्ने वित्तिकै यसरी तर्सनेहरुले मत परिणाम देख्दा के होला ? त्यसवेला नतर्सिनुस्।’ मतपत्रको रंग हरियो सरियो मानीदैन् भनेर बोलेका ओलीको अभिव्यक्तिले आफ्नौ हैसियत घटाएको शर्माले टिप्पणी गरे।  

    शर्माले ओलीलाई मत पत्रको रंग हेरेर हैन, मत परिणाम हेरेर झस्कन आग्रह गरे। मर्यादा नाघेर बोल्नु वाहाले उचाइ घटाएको भन्दै विगता परम्परा हेरिदिएको भए प्रधानमन्त्री भैसेका व्यक्तिबाट यस्तो अभिव्यक्ति नआउने बताए। ओली लाई खुद्रे कुरामा नअल्झी जिम्मेवार ढंगले राष्ट्रिय मुद्दामा बहस गर्न आउन पनि शर्माले अपिल गरेका छन्। उनले भनेका छन्, ‘ओलीजी ! रंग हेर्ने हैन् ढंग सच्याउनुस् रंगले पोल्दैन।’


    तेस्रो आँखा