कपिलवस्तु, माघ ३ । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. ११ देउपारस्थित तौलिहवा चार नं. भित्री सडक खण्डमा तौलिहवातर्फ जाँदै गरेको युपी ५५ एएच ७०९० नं। को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १० प ४४९६ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा रुपन्देही सैनामैना न।पा।४ बस्ने वर्ष २७ को रोमन थारु र शुद्धोदन गा.पा.१ बस्ने वर्ष ३५ को नेहामन अलिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक पङ्कज चुँदालीले बताउनुभयो । मृतक दुबै मोटरसाइकल चालक हुन् ।
दुर्घटनामा सैनामैना न।पा।४ का वर्ष २६ को अजय थारु घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
