• ट्रेण्डिङ्ग :
तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 4.0K
    SHARES
    • माघ ३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.2K Views

    तुलसीपुरमा  स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

    तुलसीपुर ३ माघ । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १६ रावतगाउँमा बिजौरीबाट भेलहितर्फ जाँदै गरेको रा ८ प ३१७९ नं को स्कुटी अनियन्त्रित भइ दुर्घटना भएको थियो।

    images

    दुर्घटनामा परि मृत्यु हुनेमा स्कुटीका सवार तुलसीपुर उपमहानगरपालिका ६ निवासी २८ वर्षिय सुदिप चौधरी(बाबुराम) रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। गम्भीर घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि थप उपचारको लागि नर्सिङहोम नेपालगन्जमा लगिएको थियो। उनको बिहिवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

    मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।


    तेस्रो आँखा