• ट्रेण्डिङ्ग :
स्थानीय निर्वाचनबारे राजनीतिक दलसँग आज छलफल गर्दै निर्वाचन आयोग

स्थानीय निर्वाचनबारे राजनीतिक दलसँग आज छलफल गर्दै निर्वाचन आयोग


  • 5.5K
    SHARES
    • फाल्गुण २७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    स्थानीय निर्वाचनबारे राजनीतिक दलसँग आज छलफल गर्दै निर्वाचन आयोग

    काठमाडौं, २७ फागुन। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा राजनीतिक दलसँग छलफल गर्दैछ। आयोगले आज एक कार्यक्रमको आयोजना गरी आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउन छलफल गर्न लागेको हो।
     
    संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज बिहान ११ः३० बजे छलफलका लागि डाकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

    images

    आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने र आयोगसँग दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल गरी रायसुझाव लिने उद्देश्यले छलफल गर्न लागेकोे उनले बताए। 

    आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ। आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन्।

    विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले मात्र भाग लिएका थिए। उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको त्यसबेला स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो। आगामी वैशाख ३० गते स्थानीय निर्वाचन हुदैछ। 


    तेस्रो आँखा