• ट्रेण्डिङ्ग :
दाङमा आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ

दाङमा आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ


  • 10.7K
    SHARES
    • माघ ६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 16.4K Views

    दाङमा आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ

    दाङ, ६ माघ । दाङमा आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको हत्या आरोपमा स्थानीय दुई युवाहरू पक्राउ परेका छन । जंगलमै लुकाईराखेको भरूवा बन्दुक बरामद गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

    images

    प्रहरीका अनुसार मृतक प्रेमबहादुरका दुई साथीहरू छविलाल डाँगी र पुष्प बस्नेत शनिबार पक्राउ परेका छन। छविलाल बाँकेको कोहलपुरबाट र पुष्प दाङकै तुलसीपुरबाट पक्राउ परेका हुन्। उनीहरूको बयानका आधारमा जंगलमा बन्दुक फेला परेको प्रहरीले बताएको छ।

    प्रारम्भिक अनुसन्धानमा मृतक कुसारीका साथीहरूले शिकार गर्न गएको बखत प्रेमबहादुर लड्दा उनी आफैले बोकेको बन्दुक पड्किएर मृत्यु भएको बताएका छन। थप अनुसन्धानपछि मात्र गोलीको वास्तविक कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    कुसारीसँगै जंगल गएका साथीहरु फरार रहेको प्रहरीले बताएको छ। घटनामा संलग्न व्यक्तिहरूसँग सोधपुछ गर्दा शिकार खेल्न गएका बेला बन्दुक आफैँ पड्केर कुसारीको ज्यान गएको भनिएको छ। मृतकको शव अहिले पोष्टमार्टमका लागि भेरी अस्पताल बाँके पठाइएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।


    तेस्रो आँखा