• ट्रेण्डिङ्ग :
अमेरिकाका राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक

अमेरिकाका राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक


  • 4.0K
    SHARES
    • माघ ६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.1K Views

    अमेरिकाका राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक

    वासिङ्टन, ६ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्ना सल्लाहकारहरुलाई बताउनु भएको छ ।ट्रम्पले आफ्नो कार्यकालको पहिलो १०० दिनमा चीन भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ तर यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलको समाचारमा उल्लेख छ ।

    images

    ट्रम्पले सोमबार दोस्रो कार्यकालका लागि सपथ लिनुहुनेछ ।  उहाँले पहिलो चार वर्षे कार्यकालको एक वर्ष नपुग्दै सन् २०१७ मा बेइजिङको भ्रमण गर्नुभएको थियो । 

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधि उपराष्ट्रपति हान झेङ जनवरी २० मा वासिङ्टन डीसीमा हुने ट्रम्पको उद्घाटन समारोहमा सहभागी हुने घोषणा गर्नुभएको छ भने शुक्रबार सीले ट्रम्पसँग फोनवार्ता गर्नुभएको थियो । रासस, सिन्ह्व


    तेस्रो आँखा