• ट्रेण्डिङ्ग :
देशलाई कता लैजाने भन्ने माओवादीको हातमा छ - प्रचण्ड 

देशलाई कता लैजाने भन्ने माओवादीको हातमा छ - प्रचण्ड 


  • 5.7K
    SHARES
    • फाल्गुण २७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    देशलाई कता लैजाने भन्ने माओवादीको हातमा छ - प्रचण्ड 

    काठमाडौं, २७ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई कता लैजाने भन्ने माओवादीको हातमा रहेको दाबी गरेका छन्। 

    images

    आज (शुक्रबार) सुर्खेतका पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले भने 'देश माओवादीकै एजेण्डामा चलेको मात्रै छैन राष्ट्रिय राजनीति पनि माओवादीकै इशारामा चलेको छ।'  वर्तमान सत्ता गठबन्धन आगामी स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहेको समेत उनले दाबी गरे। 

    गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयास रहेको उनले बताए । एमसीसी पारित भएकैले देश दुर्घटनामा जानबाट रोकिएको उनको भनाइ छ। 

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार पार्टीको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत गएका हुन्। 


    तेस्रो आँखा