• ट्रेण्डिङ्ग :
आइतबार बस्ने संसद बैठकमा महाअभियोगबारे छलफल हुने

आइतबार बस्ने संसद बैठकमा महाअभियोगबारे छलफल हुने


  • 8.6K
    SHARES
    • फाल्गुण २७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    आइतबार बस्ने संसद बैठकमा महाअभियोगबारे छलफल हुने

    काठमाडौं, २७ फागुन। प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरूद्धकाे महाअभियोगबारे छलफल हुने सम्भावित कार्यसूची तय गरिएको छ। संसद सचिवालयकाअनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा महाअभियोगबारे छलफल हुने कार्यसूची तय गरिएकाे हाे ।   

    images

    यही फागुन १ गते जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९२० बमोजिम प्रस्ताव दर्ता भएको थियो। सत्तारुढ गठबन्धनको तर्फबाट दर्ता भएको महाअधियोग प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ।

    महाअभियोगको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन्। बाँकी ९५ जना सांसद सकर्थक रहेका छन् ।

     


    तेस्रो आँखा