• ट्रेण्डिङ्ग :
दलितहरुको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध छ– मन्त्री आले

दलितहरुको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध छ– मन्त्री आले


  • 11.3K
    SHARES
    • फाल्गुण २७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 17.4K Views

    दलितहरुको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध छ– मन्त्री आले

    काठमाडौं, २७ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले दलितहरुको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको छैठौँ राष्ट्रिय सम्मलेनमा बोल्दै मन्त्री आलेले दलितहरुको अवस्था सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

    images

    ‘हामीले बजेट निर्माण पनि गर्न पाएनौं, त्यस्तै कोभिडको बिसम परिस्थितीको सामना गरेर आउनु पर्यो सोही कारणले हामीले सोचेजस्तो दलितको लागि काम गर्न सकेनौं उनले भने तर सरकार दलितहरुको समस्या समाधान गर्न, दलितले भोग्नु भेदभाव र अन्यायको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध रहेको छ।’

    नेपालको लोकगीत र संगितको क्षेत्रमा दलित समुदायको ठूलो भूमिका रहेका बताउँदै आलेले दलित समुदायको सिप, कला र साहित्यको प्रवद्र्धन गर्न सरकार र आफूले महत्वपूर्ण भूमिका खेल्ने बताए। नेपालको पूर्वी क्षेत्र भन्दा पनि पश्चिम क्षेत्रमा अझ बढी जातिय भेदभावले  गाँजिएको भन्दै आलेले यो असमानतको अवस्था सुधार नर्ग सबैलाई आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे ।


    फरक प्रसंगमा आलेले म जति महिना, जति दिन, जति घण्टा, जति मिनेट र जति सेकेण्ड मन्त्रालयमा बस्छु त्यतीन्जेल देश र जनताको लागि काम गर्ने प्रतिवद्धता जनाए। नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले समाजको परिवर्तनको लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै सबैले आफ्नो ठाउँबट यस्तो भूमिका खेले  समाज परिवर्तन गर्न समय नलाग्ने उनको भनाई थियो।


    तेस्रो आँखा