• ट्रेण्डिङ्ग :
आयोगले दियो चुनावी खर्चको सिलिङ, आवश्यक्ता र मितव्ययिताका आधारमा प्रस्ताव गरियो 

आयोगले दियो चुनावी खर्चको सिलिङ, आवश्यक्ता र मितव्ययिताका आधारमा प्रस्ताव गरियो 


  • 5.4K
    SHARES
    • फाल्गुण २७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    आयोगले दियो चुनावी खर्चको सिलिङ, आवश्यक्ता र मितव्ययिताका आधारमा प्रस्ताव गरियो 

    काठमाडौं, २७ फागुन। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने खर्चको प्रस्ताव गरको छ।  गत निर्वाचनमा गर्न पाउने खर्चमा कुनै परिवर्तन नगरि आवश्यक्ता र मितव्ययिताको आधारमा चुनाबी खर्चको सिलिङ तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

    images

    शुक्रबार दलहरुसँग गरिएको छलफल पछि निर्वाचन आयोगले साविक कै खर्चको सिलिङ यो पटक पनि लागु गर्ने प्रस्ताव गरेको हो। निर्वाचन आयोगले गरेको प्रस्तावमा महानगरको मेयरले गर्न पाउने खर्च साढे सात लाख रुपैयाँसम्म रहेको छ।

    यस्तै, उपमहानगरका मेयरले साढे पाँच लाख, नगरपालिकाका मेयरले साढे तीन लाख र गाउँपालिकाका प्रमुखले साढे तीन लाख सम्म चुनावी खर्च गर्न पाउने उल्लेख छन्।

    चुनावी खर्चको विषयलाई लिएर कतिपय दलहरुले खर्चको दायरा बढाउनुपर्ने नत्र सबैलाई बारबाही गर्न पर्ने बताएका थिए भने केही दलहरुले भने पूर्ण समानुपातिकमा जानुपर्ने उल्लेख गरेको थिए।


    तेस्रो आँखा