• ट्रेण्डिङ्ग :
दंगिशरण ६ नम्बर वडाद्वारा नायक पल शाह सम्मानित

दंगिशरण ६ नम्बर वडाद्वारा नायक पल शाह सम्मानित


  • 9.0K
    SHARES
    • माघ ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 13.8K Views

    दंगिशरण ६ नम्बर वडाद्वारा नायक पल शाह सम्मानित

    तुलसीपुर, ९ माघ । दंगिशरण गाउँपालिका वडा नम्बर ६ ले नायक पल शाहलाई समान गरेको छ । कोरोना कालमा P.H.C बागरलाइ पुर्याएको योगदानको कदर गर्दै वडा अध्यक्ष शाहले गरे नायक पल शाहलाइ सम्मान गर्नु भएको हाे ।

    images

    दंगीशरण गाउँपालिका वडा न ६ बागरको ठन्डिबजारमा जारी प्रथम दंगीशरण कृषि,पर्यटन तथा ब्यापारीक महोत्सवमा बुधवार नेपालि फिल्म इन्डस्ट्रीका रियल नाएक पल शाहलाइ हेर्न हजारौको संख्यामा दर्शकहरुको उपस्थित रहेको थियो ।

    बुधबारको कार्यक्रममा नेपालि काङ्ग्रेस दाङका अग्रज नेता केशव आचार्यको प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियोे  ।

    नायक पल शाहले साविक प्राथमिक स्वास्थ्यकेन्द्र बागरलाइ कोरोना महामारीमा अक्सिजन सिलेन्डर, माक्स लगायतका स्वास्थ्य सम्बन्धि सामग्रीहरु उपलब्ध गराउनु भएको थियोे  । साेही कार्यकाे उच्च मुल्यांकनका साथ दंगीशरण गाउँपालिका ६ नम्बर वडा अध्यक्ष तथा सामाजिक विकाश समितीका सयोजक रोशन जङ्ग शाहले साेहि वडाकाे तर्फबाट समान गर्नु भएको हाे । नायक पल शाहले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै प्रमुख अतिथि केशव अचार्य र वडा अध्यक्ष शाहले सम्मानपत्र प्रदान गर्नु भएको थियोे ।

    बुधबार कलाकार गोबिन्द मधुर आचार्य,नबिन वलि लगायतले आफ्नो प्रस्तुति राखेकाथिए ।


    तेस्रो आँखा