• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेश सांसद विष्टले छाडे माओवादी केन्द्र

कर्णाली प्रदेश सांसद विष्टले छाडे माओवादी केन्द्र


  • 7.0K
    SHARES
    • फाल्गुण २७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    कर्णाली प्रदेश सांसद विष्टले छाडे  माओवादी केन्द्र

    काठमाडौं, २७ फागुन। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन्। काठमाडौंका रहेका विष्टले पत्रकार सम्मेलन गर्दै सांसद पद र पार्टी परित्यागको घोषणा गरेका हुन्। 

    images

    माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको उनले बताए। पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको उनले जानकारी दिए। 

    पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए। 

    कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताए।

     


    तेस्रो आँखा