• ट्रेण्डिङ्ग :
तुलसीपुरमा बैंक भित्र छिरेर चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ

तुलसीपुरमा बैंक भित्र छिरेर चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ


  • 2.7K
    SHARES
    • माघ १३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.2K Views

    तुलसीपुरमा बैंक भित्र छिरेर चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ

    तुलसीपुर, १३ माघ ।  दाङको तुलसीपुरमा बैंकमा चोरी गरिरहेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१८ दुधरास निवासी २७ बर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर–५ मा रहेको एन.एम.बि बैंकको शाखा कार्यालयमा चोर पसेको भन्ने सूचना प्राप्त हुनासाथ इन्स्पेक्टर बिनोदराज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको हो ।

    images

    गएराती २ बजेको समयमा बैंकको गेटको ताला तोडेर बैंक भित्र पसेर चोरी गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले चोरी गर्न प्रयोग गर्ने हतौडा, छिना, पिलाससँगै रा ५ प ९७९ नम्बरको स्कुटीसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा