• ट्रेण्डिङ्ग :
परिपुरणका योजना कार्यान्वयनमा आउँछ : मुख्यमन्त्री आचार्य

परिपुरणका योजना कार्यान्वयनमा आउँछ : मुख्यमन्त्री आचार्य


  • 2.8K
    SHARES
    • माघ १४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.3K Views

    परिपुरणका योजना कार्यान्वयनमा आउँछ : मुख्यमन्त्री आचार्य

    अर्घाखाँची, माघ १४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्द्वको घाउँ सधैँका लागि मेटाउनेगरी परिपुरणलगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    images

    अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समितिसँगको छलफलमा मुख्यमन्त्री आचार्यले सङ्घीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्द्व पीडितको उपचार र उद्यमशिलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताउनुभएको हो ।

    ‘‘द्वन्द्वको घाउँ सधैँका लागि मेटाउनेगरी सरकारले काम अघि बढाएको छ । कानुनी रुपमै यो समस्या समाधान गर्न सरकारले विधेयक समेत पारित गरेर कार्यान्वयनको चरणमा पुर्‍याएको छ ।,’’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘प्रदेश स्थापना भएदेखिनै द्वन्द्व पीडित र तिनका परिवारका सदस्यको उपचार निःशुल्क गर्ने, उत्पादनसँग जोड्न सिपमुलक तालिम सञ्चालन गरिएका छन् । यसबाट पनि यहाँहरुले लाभ लिनुभयो होला भन्ने लागेको छ ।’’

    द्वन्द्व पीडितको समस्या समाधान गर्न सङ्घीय सरकारले काम गरिरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको कामलाई पनि सहमतिको आधारमा अघि बढाउने प्रयत्न सरकारले गरेको भनाइ उहाँको छ ।

    ‘‘यही सरकारले नै टीआरसी विधेयक ल्यायो । त्यसलाई कार्यान्वयन गर्न आयोग बनाउने काममा पनि ध्यान दिएको छ । सहमतिको आधारमा यो समस्या समाधान गर्न सरकारले पहल लिएको कुरा यहाँहरुलाई थाहा छदैछ ।,’’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘लुम्बिनी प्रदेश द्वन्द्वबाट प्रभावित भएको र धेरै क्षति व्यहोरेको मध्यमा पर्छ । सरकारले परिपुरणको योजना निर्माण गरेर अघि बढ्छ ।’’

    संस्थापक अध्यक्ष तथा संरक्षक नवराज श्रेष्ठ र कोषाध्यक्ष हरी सुनारले परिपुरणका योजनासँग जोडिएका विषयहरु समेटिएको ज्ञापनपत्र समेत बुझाउनु भएको थियो । विभिन्न उपयुक्त स्थानमा सहिद स्मारकर शान्ति पार्क निर्माण, आर्थिक सहायतालगायका विषयहरु समेटिएका छन्  ।


    तेस्रो आँखा