• ट्रेण्डिङ्ग :
आफ्नै दम्भका कारण केपी ओली सडकमा पछारिएका हुन् - माधव नेपाल

आफ्नै दम्भका कारण केपी ओली सडकमा पछारिएका हुन् - माधव नेपाल


  • 6.4K
    SHARES
    • फाल्गुण २८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    आफ्नै दम्भका कारण  केपी ओली सडकमा पछारिएका हुन् - माधव नेपाल

    काठमाडाैं,२८ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष  तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै दम्भका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सडकमा पछारिएको बताएका छन् । सबै तहका सरकारमा बसेका केपी ओली दम्भी र अहंकारि भएकैकारण सडकमा पुगेको र आफूहरु देशको अगुवाइ गरिरहेको दावी नेपालले गरेका हुन् ।

    images

    धादिङको गल्छीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले भने, ‘केपी ओली आफ्नै कुवुद्धिले, आफ्नै ढंगले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिएका छन् । हामी देशको अगुवाइ गरिरहेका छौं ।’ किन सडकमा पछारिन पुगे ? के गर्छस् मंगले आफ्नै ढंगले ।’ उनी आफ्नै ढंगले सडकमा पुगेका हुन् नेपालले भने । 

    पाँच दलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले निकै प्रयास गरे पनि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बचाउन इमान्दारिता देखाएको बताए  ‘यो गठबन्धन भताभुंग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारो फाल्ने कोशिस गरे, हाम्रो एकता तोड्न कोशिस गरे ।

    मान्छेलाई लाग्यो कतै केपी ओली र शेरबहादुर मिल्ने त होइन ?’ उनले भने, ‘तर शेरबहादुरजीले इमान्दारिता राख्नुभयो । उहाँले भन्नुभयो–संकटका बेला मिलेर अघि बढेका छौं । यो संकटका बेलाको मित्रतामा घात गर्न सक्दिन ।’आगामी निर्वाचनमा गठबन्धनलाई कायमै राख्दै एमालेलाई पत्तासाफ बनाउने पनि नेपालले बताए ।  


    तेस्रो आँखा
    लेखकबाट थप