दाङ, १८ माघ । नेपाल प्रेस युनियन दाङको २७ अेाें साधारण सभा सम्पन्न भएको छ । नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काकाे अध्यक्षतामा र पत्रकार महासंघका केन्द्रीय निवर्तमान एवं पत्रकार महासंघ दाङका संस्थापक बिपुल पाेख्रेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे । साधारणसभा नेपाल पत्रकार महासंघ दाङको सभाहलमा कार्यक्रम भएको थियोे ।
उक्त कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ नेपालका निवर्तमान अध्यक्ष बिपुल पाेख्रेलले प्रेस युनियनकाे जग्गामा उभिएर धेरै काम गरेकाे र यसलाई बलियो बनाउने बताउनुभयो । संचारकर्मिहरुले समाजसंग जाेडेर काम गर्न आजको आवश्यकता भएको उहाँको भनाइ छ । सामाजिक इसुहरुलाई छलफल गर्ने र तालिम दिने भन्दा फिल्डमा गएर पत्रकारहरुलाई सिकाउने हाे भने यहाँका पत्रकारहरु राम्रो र छिटो रिपोर्ट तयार गर्न सकिने बताउनु भएको छ । हाम्रो कार्य समितहरुले पार्टीमा आबद्ध भएको नसाेचेर यसमा आबद्व भएर विभिन्न पत्रकारसंग सम्बन्धित मुद्दाहरु लडन सकिने बताउनुभयो । हाम्रो प्रेस स्वतन्त्रतालाई संबिधानले नै अधिकार सुनिश्चित गरेको छ । समाजिक सञ्जालहरुका बिषयमा काम गर्नका लागि विभिन्न कानुन बमोजिम काम गर्ने उहाँको भनाइ छ ।
साथै समाजिक सञ्जालकाे विधेयकलाई सरकारले सदनमा पेश गर्ने कुरामा आफू असुन्ताेष्टी भएको बताउनुभयाे । साथै उहाँले याे विधेयक फिर्ता लिन सरकारकाे ध्यानाकर्षण गराउनु भएको छ । हामी संचारकर्मिले देवानी कानुन बमोजिम काम गर्ने बताउनुभयो ।
प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष एवम् यस कार्यक्रमका विशिष्ट अतिथि डा. सुदिव गाैतम इतिहासमा गर्न नसकेका काम यस कार्य समितिले गरेको बताउनुभयो । याे कार्य समितिले जग्गा पास गर्न र याे कार्य समितिमा आबद्ध सदस्यहरुलाई बैठकमा उपस्थित गराएको काम इतिहासिक भएको उहाँको भनाइ छ ।
अध्यक्ष सन्तोष सुवेदी, महासघका केन्द्रिय सचिव सविन सप्रियासन, लुम्बिनी प्रदेश महासचिव पाण्डब प्रसाद शर्मा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य देवेन्द्र बस्नेत, चेतन रेग्मी, लक्ष्मीमान चौधरी, नेपाल प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, जनपत्रकार संगठनका उपाध्यक्ष जंग रेउले, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, व्याव्सन दाङका सचिब आदीम केसी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्दै संचार सस्था र संचारकर्मीको मनोबल उच्च राख्ने गरी काम गर्ने वातावरण सरकारले निमार्ण गर्नुपर्ने र त्यसको खबरदायी संचार संघसंगठनहरुले गर्नुपर्ने बताउनु भएको हाे।
नेपाल प्रेस युनियन दाङका सचिव अमर क्षितिज भण्डारीले १७ ओैं साधारणसभाकाे प्रतिवेदन प्रस्तुतिकरण गर्नुभएको थियोे । साथै नेपाल प्रेस युनियन दाङका काेषाध्यक्ष लिलाधर वलि संस्थाकाे आर्थिक प्रतिवेदन प्रस्तुतिकरण गर्नुभएको थियोे ।
नेपाल प्रेस युनियन दाङका काेषाध्यक्ष गाेपाल शार्मा भट्टराईकाे स्वागत मन्तव्यबाट सुरु भइ कार्यक्रमकाे सहजिकरण नेपाल प्रेस युनियन दाङका सचिव अमर क्षितिज भण्डारीले गर्नुभएको थियोे ।
