• ट्रेण्डिङ्ग :
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु


  • 2.3K
    SHARES
    • माघ २०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.6K Views

    गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

    तम्घास, माघ २० । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्वेनीको बिसौनास्थित कच्ची सडकमा लु ३ त ५११२ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सहचालक ५५ वर्षीय देवबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो । 

    images

    दुर्घटनामा परी घाइते हुनुभएको बिकको स्याङ्जा गल्याङमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ट्याक्टर चालकको नाम ठेगाना नखुलेको र चालक फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खसेको प्रहरीको भनाइ छ ।


    तेस्रो आँखा