• ट्रेण्डिङ्ग :
जसपाको केन्द्रीय समिति बैठक जारी 

जसपाको केन्द्रीय समिति बैठक जारी 


  • 6.8K
    SHARES
    • फाल्गुण २९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    जसपाको केन्द्रीय समिति बैठक जारी 

    काठमाडौं, २९ फागुन। जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले जानकारी दिए।

    images

    सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए। नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ।

    बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ। मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित गर्नेछ। शनिबारको बैठकमा संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको थियो।
     


    तेस्रो आँखा