काठमाडौं, २९ फागुन। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन्। घिमिरेले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका बुझाएका हुन्।
कानून व्यवसायीहरुको साझा संस्था नेपाल बार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले पदबाट राजीनामा दिएका हुन्। बारको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहकातर्फबाट घिमिरे साझा उम्मेदवार रहेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअघि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति देउवाले घिमिरेलाई संयोजक मनोनयन गरेका थिए। घिमिरे नेतृत्वको निर्वाचन समितिले कांग्रेसको केन्द्रीय महाधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गरेको छ।
