• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभाको अर्को बैठक चैत २ मा बस्ने 

प्रतिनिधि सभाको अर्को बैठक चैत २ मा बस्ने 


  • 7.2K
    SHARES
    • फाल्गुण २९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    प्रतिनिधि सभाको अर्को बैठक चैत २ मा बस्ने 

    काठमाडौं, २९ फागुन। प्रतिनिधिससभाको बैठक चैत २ गते बस्ने भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते दिउँसो १ बस्ने जानकारी दिएका हुन्। 

    images

    आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ। 

    बैठकमा सांसदद्वय भीम रावल र प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरिरहेको र यसप्रति नेपाल सरकार मौन बसेको अन्दै आपत्ति जनाए। एमसीसी सम्झौता अनुमोदनपछिको अवस्थाबारे जानकारी दिन रावलले माग गर्दा सुवालले एमसीसी खारेज गर्न माग गरे। 

    एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले संसदको कार्यसूची अघि बढाएका हुन्। सापकोटाले संसदमा कायम अवरोध हटाउन आजको बैठकमा रुलिङसमेत गरेका थिए।
     


    तेस्रो आँखा