दाङ,२३ माघ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त हुनुभएको छ । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतकको जिम्मेवारी दिनुभएको हो ।
सचेतक निमा गिरीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। त्यसपछि चौधरीले श्रेष्ठलाई सचेतकका रूपमा मनोनयन गर्नुभएको हो ।
श्रेष्ठ नेपाली कांग्रेसका सक्रिय नेतृ हुनुहुन्छ । उहाँले यसअघि पनि पार्टीको विभिन्न तहमा रहेर काम गर्दै आउनु भएको छ।
