• ट्रेण्डिङ्ग :
तुलसीपुरमा खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु

तुलसीपुरमा खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु


  • 17.3K
    SHARES
    • माघ २९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 26.6K Views

    तुलसीपुरमा खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु

    तुलसीपुर, माघ २९ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा कपडामा सल्किएको आगोले जलेर एक महिलाको मृत्यु भएको छ । आगलागीबाट तुलसीपुर उपमहानगरपालिका १० सक्राम निवासी ६४ वर्षीया इश्वरी वलीको जलेर मृत्यु भएको हो  । 

    images

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सूर्य राणाका अनुसार गत माघ २१ गते बिहान करिब ७ बजेतिर घरमै खाना पकाउने क्रममा वलीले लगाएको कपडामा आगो सल्किँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । आगलागी हुँदा वलीको पेटदेखि घुँडासम्मको भाग जलेको थियो । 

    घटना लगत्तै तुलसीपुरस्थित चिनारी अस्पतालमा सामान्य उपचारपछि उहाँलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएकोमा  त्यहाँपनि उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको थियो । तर काठमाडौं पनि उपचार सम्भव नभएपछि काठमाडौंबाट सोमबार९माघ २८० दाङ फर्काइएको थियो । 

    दाङ ल्याएपछि वलीलाई फेरि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । वलीको आज बिहान ७ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # जलेर महिलाको मृत्यु

  • तेस्रो आँखा