• ट्रेण्डिङ्ग :
आगलागी पीडितलाई सहयोग हस्तान्तरण

आगलागी पीडितलाई सहयोग हस्तान्तरण


  • 2.1K
    SHARES
    • माघ २९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.2K Views

    आगलागी पीडितलाई सहयोग हस्तान्तरण

    रोल्पा,२९माघ । रोल्पाको सुनछहरी गाउँपालिका-६ फगाम रोल्पा निवासी आगलागी पीडित पुस्ते पुनमगरको परिवारलाई विभिन्न व्यक्ति तथा संस्थाद्वारा सहयोग राहत रकम हस्तान्तरण गरिएको छ ।

    images

    पुनमगरको घरमा माघ २६ गते रातको समयमा आगलागी हुँदा घर सहित घरमा रहेको अन्नपात, लत्ताकपडा, नगद लगायत सम्पूर्ण सामानहरु पूर्ण रुपमा जलेर नष्ट भएको थियो। 

    आज मंगलबार सुनिलस्मृति गाउँपालिका ३ रुइनिबाङमा रहेको चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायत विभिन्न व्यावसायिहरुले करिब ४४ हजार ७ सय २० रुपैँया बराबरको दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका हुन् ।
     
    सहयोग गर्नेहरुमा चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २० हजार बराबरको सामग्री सहित नगद, आजित भाँडा पसल रुईनिवाङका सञ्चालक सेमु पुन (विनिता) द्वारा १२हजार २ सय १५बराबरको भाडाकुँदा प्रदान गरेका थिए।

    त्यस्तै जलजला हार्डवयर तथा प्लाष्टिक पसल रुईनिवाङका सञ्चालक गोपाल पुन मगरबाट ७ हजार ८ सय ५५ बराबरको भाडाकुदाँ, डि।आर।इन्टरप्राइजेज रुईनिवाङका सञ्चालक मन कुमारी पुनमगरद्वारा २ हजार ८ सय ५० बराबरको सामग्री र प्रिन्स प्लाष्टिक एण्ड सप्लायर्यका सञ्चालक रीम बहादुर रोकाबाट १ हजार ८ सय बराबरको सामग्री सहयोग गरेको चेतना सहकारीका अध्यक्ष समेत रहेका दीपेश विष्टले जानकारी दिनुभयो।

    476306615_617913504522336_869758281641441273_n.jpg


    तेस्रो आँखा