तुलसीपुर, ३० माघ । दाङ तुलसीपुरको बबई नदिमा डुबेको अबस्थामा एकजना वृद्ध मृत फेला परेका छन। १० राईखल्यानका अन्दाजी ७२/७३ वर्षिय रामजी चौधरी मृत फेला परेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
उनी माघ २६ गते घरबाट निस्किएका थिए। चौधरी धेरै दिनसम्म घर नआएपछि उनका आफन्तहरूले खोजी कार्य गरेका थिए । साथै आज बुधबार बिहान ११ बजेतिर तुलसीपुर ११ मोतिपुर नजिकै बबई खोलामा मृत अवस्थामा पानीमा डुबेको अवस्थामा फेला परेका थिए। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
