• ट्रेण्डिङ्ग :
तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते


  • 2.5K
    SHARES
    • फाल्गुण १, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.9K Views

    तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते

    तुलसीपुर१ फागुन ।  दाङको तुलसीपुरमा माेटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन । घाइते हुनेमा गंगादेव गाउँपालिका–१ रोल्पाका ३४ वर्षिया नविन वली रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो  ।
    उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका -९ स्थित दोघरे पेट्रोल पम्प अगाडि दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन।  तुलसीपुरबाट कृष्ण मन्दिरतर्फ जाँदै गरेको प्र. ५–०२–००१ प ०४८९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा ३ प ४६७३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।
    दुर्घटनामा घाइते हुनेमा  वलीको दायाँ खुट्टामा चोट लागेको छ र उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
    रा ३ प ४६७३ नम्बरको मोटरसाइकलका चालक तुलसीपुर–८ कृष्ण मन्दिरका १८ वर्षीय गंगाराम डाँगी र दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    images


    तेस्रो आँखा