• ट्रेण्डिङ्ग :
रोल्पाका ६ पालिकामा आज सार्वजनिक बिदा

रोल्पाका ६ पालिकामा आज सार्वजनिक बिदा


  • 4.0K
    SHARES
    • फाल्गुण १, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.1K Views

    रोल्पाका ६ पालिकामा आज सार्वजनिक बिदा

    रोल्पा, १ फागुन । रोल्पा जिल्लाका विभिन्न स्थानीय तहहरुले फाल्गुन १ गते (आज) सार्वजनिक विदा बिदा दिएको छ । २०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र द्वन्द्वको सम्झनामा एक दिन सार्वजनिक विदा दिन लागेको बताईएको छ। 

    images

    रोल्पामा नेकपा (माओवादी केन्द्र) निर्वाचित  स्थानीय तहले मात्र फाल्गुन १ गते सार्वजनिक बिदा दिएका छन् । आज उक्त स्थानीय तहहरुमा सहिद परिवार सम्मान, भेटघाट, लगायत विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाउने भएका  छन् ।

    आज रोल्पाको रोल्पा नगरपालिका, सुनिलस्मृती गाउँपालिका, सुनछहरी गाउँपालिका, माडी गाउँपालिका, थवाङ गाउँपालिका र लुङ्ग्री गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना प्रकाशन गरेका छन् । यि छ स्थानीय तह २०७९ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले जित हात पारेको पालिका हुन् ।

    दश स्थानीय तह ९-१ नगरपालिका र ९ गाउँपालिका) रहेको रोल्पामा सात स्थानीय तहमा माओवादी केन्द्रले जित हातेका छन् ।  दुई स्थानीय तहमा नेपाली काङ्ग्रेस र एक स्थानीय तहमा नेकपा (एमाले)ले जितेको छ । काङ्ग्रेस र एमालेले जितेको स्थानीय तहले भने सार्वजनिक बिदा दिएको छैन ।

    नेकपा (माओवादी केन्द्र)ले नै जितेको परिवर्तन गाउँपालिकामा भने सार्वजनिक बिदा दिईएको छैन। परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढाले परिवर्तन गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा नदिएको बताउनु भयो। उहाँले सार्वजनिक बिदा नदिएर विभिन्न कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवस मनाउन लागेको बताउनुभयो।

    जिल्लामा माओवादी केन्द्रले जित हात पारेका विभिन्न वडाहरुले पनि सार्वजनिक विदाको घोषणा गरेका छन् ।


    भरत विश्वकर्मा
    लेखकबाट थप