तुलसीपुर, ३ फागुन । दाङको तुलसीपुरमा २ वटा भरुवा बन्दुक बरामद गरेकाे छ । तुलसीपुर- स्थित भुपबहादुर पुनकाे घरबाट १ नाले २ वटा भरुवा बन्दुक, २५० ग्राम बारुद, २४ वटा सिसाको गोली , १४ वटा फलामको ब्यारीङ र ३ किलो गोली बनाउन प्रयोग गरीने सिसा बरामद गरिएकाे इलाका प्रहरी कार्यालयका प्रभक्ता एवं प्रहरी निरीक्षक सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अवैध भरुवा बन्दुक छ भन्ने गाेप्य सुचना प्राप्त भए पश्चात् ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट विनोद खत्रीकाे टाेली खटाएको हाे । साथै पुनकाे घरकाे माथिल्लो तलामा लुकाएर अवस्था उक्त भरुवा बन्दुक पत्ता लगाइएको थियोे ।
उक्त घरमा अरुकाेही नभएको र भुपबहादुर पुन फरार भएका छन । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
