• ट्रेण्डिङ्ग :
तुलसीपुरमा गाडी र मोटरसाइकल ठोक्किदा दुईजना घाइते

तुलसीपुरमा गाडी र मोटरसाइकल ठोक्किदा दुईजना घाइते


  • 4.1K
    SHARES
    • फाल्गुण ७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 6.3K Views

    तुलसीपुरमा गाडी र मोटरसाइकल ठोक्किदा दुईजना घाइते

    तुलसीपुर, ७ फागुन । दाङको तुलसीपुरमा गाडी र मोटरसाइकल ठोक्किदा दुईजना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर-९ का २४ बर्षिया संजय केसी र साेही ठाउँमा बस्ने ३८ बर्षिया दुजमान भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार तुलसीपुर-६ ज्ञानज्योति स्कुल नजिकै ६ नं. वडा कार्यालय तर्फ जादै गरेको बा.प्र.०१-०२६ च ४२१६ नं. को गाडी र बिपरित दिशाबाट आउदै गरेको रा ३ प ६८०० नं. को मोटरसाइकल ठोक्किएको थियोे । 

    घाइते केसीलाई दुबै हात खुट्टा, टाउको र मुखमा चोट लागेको छ । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । साथै दुवै सवारीसधान प्रहरीको नियन्त्रणमा रहेका छन ।


    तेस्रो आँखा