• ट्रेण्डिङ्ग :
तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते


  • 7.6K
    SHARES
    • फाल्गुण ९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 11.8K Views

    तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

    दाङ,९ फगुन । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-८ चमिखोला स्थित पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ५१११ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा चालकसहित दुई जना घाइते भएका इलाक प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार तुलसीपुर-८ का १६ वर्षीय रोहण भण्डारीले चलाएको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ५४ वर्षीय बुद्धिराम खड्कालाई ठक्कर दिएको थियो । शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकल चालक र पैदल यात्री दुबै घाइते भएका हुन्।


    मोटरसाइकल चालक भण्डारीको मुख र बायाँ खुट्टामा चोट लागेको र उहाँको अवस्था मध्यम रहेको छ। साथै पैदल यात्री खड्काको टाउको र छातीमा चोट लागेको छ। उहाँको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ । दुवै जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका भैरहेको छ ।


    तेस्रो आँखा