• ट्रेण्डिङ्ग :
कृषि तथा पशुपालनतर्फ तनहुँमा बाख्रा पाल्ने अधिकारीलाई  युवा प्रतिभा पुरस्कार

कृषि तथा पशुपालनतर्फ तनहुँमा बाख्रा पाल्ने अधिकारीलाई  युवा प्रतिभा पुरस्कार


  • 11.2K
    SHARES
    • चैत्र १, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    कृषि तथा पशुपालनतर्फ तनहुँमा बाख्रा पाल्ने अधिकारीलाई  युवा प्रतिभा पुरस्कार

    काठमाडौं, १ चैत । तनहुँमा बाख्रा पाल्ने कुशलचन्द्र अधिकारी कृषि तथा पशुपालनतर्फको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । 

    images

    युवा तथा खेलकुद मन्त्रालयले कृषि तथा पशुपालनतर्फ कुशलचन्द्र अधिकारीलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरेको हो।

    मन्त्रालयको एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराजले अधिकारीलाई सम्मान  प्रदान गरेका हुन्। 

    समाजशास्त्रमा स्नात्तकोत्तर गरेका अधिकारी घलेछाप तनहुँमा मिर्लुङ बहुउद्देश्यीय कृषि फर्म सञ्चालन गरिरहेका छन्। अधिकारी कृषि तथा पशुपालनको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट भएका थिए।

    युवा प्रतिभा पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनोट समितिले अधिकारीलाई  आर्थिक वर्ष २०७८/७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो।


    तेस्रो आँखा
    लेखकबाट थप