काठमाडौं, १ चैत। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादीको तलुवा चाटेर प्रसाद माग्दै हिड्ने कम्युनिष्ट हुन नसक्ने बताएका छन्। कम्युनिष्टको सरकार ढालेर प्रतिक्रियावादीको तलुवा चाट्दै मलाई पनि अलिकति प्रसाद दिनुस् न भन्दै हिड्नेहरु कम्युनिष्ट नभएको बताएका हुन्।
नेपका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनालप्रति लक्षित गर्दै दुई जना म्याद गुज्रीएका मान्छेहरु बोकेर एमाले हिड्न नसक्ने भएकाले उनीहरुलाई पन्छाएको बताए। कम्युनिष्टको खोल ओढेका प्रतिक्रियावादीहरुले जनतालाई भ्रममा पार्ने गरेको उनको भनाइ छ। ‘कम्युनिष्ट पार्टी फटाउने, सरकार ढाल्नेहरु प्रतिक्रियावादी हुन्’, ओलीले भने, फुटवादीहरु एकीकृत र प्रतिक्रियावादी समाजवादी कसरी हुन्छन्।’
कम्युनिष्ट पार्टी फोरेर कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन लागेका र उनीहरुको तलुवा चाट्दै हिडेकाहरु पदनको बाटो लागेको उनको भनाइ छ। उनीहरुले जनतामाझ फैलाएको भ्रमलाई हामीले सचेत गराउनु पर्ने बेला आएको बताए ओलीले बताए। उज्यालोको प्रतिनिधि शक्ति एमाले भएकाले जनतालाई त्यही अनुसार कुरा बुझाउनु पर्ने ओलीले बताए। उनले भने, ‘त्यसका लागि सजिलो छैन्, निकै मेहनत गर्नु पर्छ। कार्यकर्ताहरु विचारलाई संगठीत गरेर जनतामाझ जानु पर्छ।’
एमालेले प्रतिस्पर्धात्मक बहुदलिय व्यवस्था रोजेको भन्दै प्रतिस्पर्धामा हारलाई पनि स्वीकार्नु पर्ने उनको धारण छ। पाँच दलिय गठबन्धनका नाममा एउटा सिट भएकाहरुले समेत कहिले सरका समर्थन छाडे भन्छन, कहिले हैन फेरी समर्थन गरे भनेर हिडेको बताए। उनले प्रश्न गरे, ‘हामीले काधमा बोकेर राखिदिएको सांसदको पद अव कहाँबाट आउँछ ?’ पार्टी भित्र आसनग्रहण र प्रोटोकलको रोग बढ्न थालेको भन्दै रिवन काट्न र बत्ति बाल्न प्रतिस्पर्धा नगर्न ओलीले आग्रह गरे। पार्टी संगठनलाई सक्रिय बनाउँदै आगामी स्थानीय तहको निर्वाचनमा सबै शक्तिहरु मिलेर आउँदा पनि जित्नेगरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
