• ट्रेण्डिङ्ग :
शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

शान्ति सैनिक दक्षिण सुडान प्रस्थान


  • 9.2K
    SHARES
    • फाल्गुण ११, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 14.1K Views

    शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

    काठमाडौँ, फागुन ११ ।  संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गएरति त्यसतर्फ प्रस्थान गरेको छ । 

    images

    सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ । 

    प्रमुख सेनानी महेश्वर सिलवाल नेतृत्वको दुई सय १३ सदस्यीय अरिदमन गण शनिबार काठमाडौँ आएसँगै सेनानी आचार्य नेतृत्वको फौज दक्षिण सुडानको राजधानी जुभातर्फ प्रस्थान गरेको हो । 

    हाल दक्षिण सुडानमा नेपाली सेनाबाट ‘सेक्टर कमान्डर,’ सैनिक पर्यवेक्षक, ‘स्टाफ’ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी एक हजार सात सय ५६ जना शान्ति सैनिक कार्यरत छन् । 


    तेस्रो आँखा