• ट्रेण्डिङ्ग :
टिकटको विषयमा सम्प्रेषण भएका समाचार र सूचनाप्रति आयोजकको गम्भीर ध्यानाकर्षण

टिकटको विषयमा सम्प्रेषण भएका समाचार र सूचनाप्रति आयोजकको गम्भीर ध्यानाकर्षण


  • 3.7K
    SHARES
    • फाल्गुण ११, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.7K Views

    टिकटको विषयमा सम्प्रेषण भएका समाचार र सूचनाप्रति आयोजकको गम्भीर ध्यानाकर्षण

    दाङ, ११ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको टिकटबारे सम्प्रेषण भएका समाचारप्रति  आयोजक तुलसीपुर चेम्बर अफ कमर्शले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले आइतबार एक विज्ञप्ती जारी गरी महोत्सवस्थलमा प्रवेश गर्नका लागि तयार पारिएका र प्रयोग भएका टिकटहरू पूर्णरूपमा वैधानिक भएको स्पष्ट पारेको हो । 

    images

    तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा  टिकटको विषयमा आएका समाचार र सूचना भ्रामक र तथ्यहिन रहेकोे स्पष्ट पारिएको छ । 

    विज्ञप्तीमार्फत आयोजकले टिकटमा प्रत्येक दिन क्रस परिक्षण गर्ने प्रक्रिया अपनाएको र टिकटमा तुलसीपुर उपमहानगरपालिकाले उपलब्ध गराएका सिम्बोलको प्रयोग गरिएको उल्लेख गरिएको छ । 

    अनाधिकृत तवरबाट टिकट प्रयोग भएको कुरा खण्डन गर्दै तुलसीपुर चेम्बर अफ कमर्सले विज्ञप्तीमा भनेको छ–‘तथ्य बिनाका समाचार र सूचनाले भ्रम सिर्जना गर्न सक्छ, यस विषयमा संचारकर्मी तथा संचार संस्थाहरूलाई तथ्यपूर्ण समाचार प्रकाशन गर्न अनुरोध गरिन्छ ।
    च्गउब


    तेस्रो आँखा