तुलसीपुर, १२ फागुन । दाङको तुलसीपुरमा मोटरसाइकलले अटोलाई ठक्कर दिँदा मोटरसाइकलका चालक घाइते भएका छन । घाइते हुनेमा कैलालीको धनगढी -५ हस्नापुर घर भइ हाल तुलसीपुर -१५ मा बस्ने ३९ बर्षिय हरि प्रसाद चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुर-७ ग्वारखोला स्थित तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ ह ५३९८ नं। अटोलाई सोही दिशाबाट जाँदै गरेको भे ५ प ७१५१ नं। मोटरसाइकलले ठक्कर दिदा मोटरसाइकलका चालक चौधरी घाइते भएका हुन ।
घाइते चौधरीको सिटि अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दुवै सवारी साधन र अटो चालक ३२ बर्षिय राम बहादुर चौधरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
