रोल्पा, १२ फाल्गुन । राष्ट्रिय दलित पत्रकार संघ र दलितका लागि दलित अभियानद्वारा जिल्ला प्रशासन कार्यालय रोल्पामा गृहमन्त्रीलाई कारबाहीको माग गर्दै ज्ञापन-पत्र बुझाएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी पदम बहादुर डांगी मार्फत नेपाल सरकारलाई पत्र बुझाइएको हो।
अन्तरजातीय बिबाह गरेका सर्लाहीका सतेन्द्र राम (चमार) र नेहा रौनियारलाई गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनको दुरुपयोग गरि जातीय हिंसा, अन्या र अत्याचार गरेको विषयमा ज्ञापन पत्र बुझाइएको अभियानका रोल्पा जिल्ला संयोजक मन बहादुर नेपालीले जानकारी दिनुभयो ।
'गृहमन्त्री जस्तो पदमा रहेको व्यक्तिबाट भएको जातीय हिंसा तथा अत्याचारले समाजमा घृणा पैदा गएको र यस्तो खालको कदम समजमा भोलि जातीय द्वन्द्व सिर्जना हुने भएकाले तत्काल गृहमन्त्री लेखकलाई पदबाट बर्खास्त गरि सरकारको ध्यानाकर्षण गराउदछौू' उक्त पत्रमा भनिएको छ।
ज्ञापन पत्र बुझाउन दलित अभियान्ताहरु, दलितका लागि दलित अभियानका अभियान्ताहरु, दलित पत्रकार संघका पदाधिकारी लगायतको उपस्तिथि थियो।
द
