• ट्रेण्डिङ्ग :
तुलसीपुरमा अटो अनियन्त्रित भई पल्टिँदा दुईजना घाइते

तुलसीपुरमा अटो अनियन्त्रित भई पल्टिँदा दुईजना घाइते


  • 4.5K
    SHARES
    • फाल्गुण १३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.0K Views

    तुलसीपुरमा अटो अनियन्त्रित भई पल्टिँदा दुईजना घाइते

    तुलसीपुर, १३ फागुन । दाङको तुलसीपुरमा अटो अनियन्त्रित भई पल्टिँदा दुईजना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर-७ निवासी अटो चालक ४८ बर्षिय चिरञ्जीवी गौतम र सोही निवासी अटो सावर भावना कृति प्राजुली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार तुलसीपुर-७ गणेशपुर स्थित तुलसीपुरबाट गणेशपुर तर्फ जाँदै गेको लु १ ह ८७८ नं।अटो अनियन्त्रित भई पल्टिएको थियोे । अटो बिहान करिब साडे ८ बजे पल्टिएको हो ।

    घाइते दुईजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । अटो प्रहरीको नियन्त्रण रहेको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा