• ट्रेण्डिङ्ग :
रोल्पामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

रोल्पामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या


  • 4.0K
    SHARES
    • फाल्गुण १३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.1K Views

    रोल्पामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

    रोल्पा, १३ फागुन । रोल्पामा धारिलो हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणि गाउँपालिका-६ थुम्का निवासी ४० बर्षिय खिम बहादुर बुढामगरले श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन ।

    images

    मरनासन्न हुने गरी शक्त घाईते बनाएको भनि जानकारी प्राप्त हुन साथ प्रहरी चौकी जुगारबाट प्रहरी नायव निरीक्षक दिवश हिताङको कमाण्डमा ४ जना र  ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट प्रहरी निरीक्षक सरोज प्रजापतिको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा पुगेका थिए ।

    घटनास्थलमा पुगी घटनाको अवस्था बुझ्दा आफ्नै श्रीमती ३२ बर्षीय अस्मिता बुढामगरलाई खुकुरीले घाँटीमा प्रहार गरी घटनास्थलमै मृत्यु भएको थियो । शव घटनास्थलमै रहेको छ भने निज खिम बहादुर बुढामगर र खुकुरी प्रहरीको नियण्त्रणमा रहेका छन । थप घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा