• ट्रेण्डिङ्ग :
नवलपरासी पश्चिममा झडप हुँदा प्रहरीको गाडी जलाइयो

नवलपरासी पश्चिममा झडप हुँदा प्रहरीको गाडी जलाइयो


  • 4.9K
    SHARES
    • फाल्गुण १३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.5K Views

    नवलपरासी पश्चिममा झडप हुँदा प्रहरीको गाडी जलाइयो

    काठमाडौं, १३ फागुन । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप भएको छ । झडपका क्रममा प्रहरीको गाडी नै जलाइएको छ ।

    images

    स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीको समुहबीच झडप भएको प्रहरीले जनाएको छ ।

    झडप नियन्त्रणका लागि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो । लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको गाडी जलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    झडपलाई नियन्त्रणमा लिन रुपन्देहीबाट समेत ५० प्रहरी खटाइएको छ ।


    तेस्रो आँखा