तुलसीपुर, १४ फागुन । दाङको तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकलका चालक तुलसीपुर-८ निवासी ४८ बर्षिय लक्ष्मी प्रसाद थारु र सोही निवासी सावर ३५ बर्षिय कविराम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुर(८ चमिखोला स्थित तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ४४१० मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा भएको थियोे ।
घाइते दुईजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
