• ट्रेण्डिङ्ग :
तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले आउँदै

तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले आउँदै


  • 6.3K
    SHARES
    • फाल्गुण १६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 9.7K Views

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले आउँदै

    दाङ, १६ फागुन । तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित गायक कृष्ण रेउलेको प्रस्तुति रहने भएको छ । रेउले नेपाली लोकदोहोरीका लोकप्रिय गायक हुनुहुन्छ । उहाँका गीतहरूले युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्मका दर्शक श्रोतालाई आकर्षित गर्दै आएका छन् । 

    images

    महोत्सवमा आज चर्चित गायक नरेश खातीको पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । महोत्सवस्थलमा आज पनि ठूलो संख्यामा दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । 

    महोत्सवमा आज लोकप्रिय गायक कृष्ण रेउले, नरेश खाती, गायिका रेश्मा पुन, आशा बिसी, गिता सेन्चुरी, छायाँ बुढाथोकी, गायक शिवा संगित,थमन भण्डारी, डान्सर तिर्सना बुढा लगायतको प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले बताउनुभयो । 

    तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि महोत्सव संचालन भइरहेको छ । महोत्सव आज सकिने तालिका रहेपनि समापनको कुनै तयारी नभएको हुँदा थप हुन सक्ने आयोजकले जनाएको छ । 

    तुलसीपुर महोत्सवले व्यवसाय प्रवद्र्धनसँगै सांस्कृतिक कार्यक्रममार्फत स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरिरहेको छ । महोत्सवमा कृषि, व्यापार तथा घरेलु उद्योगका सामग्रीहरूको प्रदर्शनी तथा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले बताउनुभयो । महोत्सवले कृषि, व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।


    तेस्रो आँखा