तुलसीपुर, १७ फागुन । दाङको तुलसीपुरमा एक महिला मृत फेला परेकी छन । सुर्खेतकाे लेकबेसी-१० कि ४० बर्षिय सीता पाेख्रेल रहेको इलाक प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुर-३ राम्री स्थित हाइवय बाटोबाट करिब ३ सय मिटर भित्र गाँउतिर जाने गोरेटो बाटोको छेउमा पाेख्रेल मृत भेटिएकी थिइन । अस्थायी प्रहरी पाेष्ट गाेठिखालाबाट प्रहरी टोलि खटीएर मृत पाेख्रेलकाे उदार गरेकाे प्रहरीले जनाएको छ ।
मृतक महिलाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको शव गृहमा राखिएकाे छ । मृतकको छोरा हेमराज पोख्रेलले फोन मार्फत सनाखत गरे र निजको आफन्तिहरु आउदै गरेका छन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
