• ट्रेण्डिङ्ग :
भैरहवा कारागार स्तानान्तरण गर्ने गृहमन्त्रीको आश्वासन

भैरहवा कारागार स्तानान्तरण गर्ने गृहमन्त्रीको आश्वासन


  • 2.6K
    SHARES
    • फाल्गुण १९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.0K Views

    भैरहवा कारागार स्तानान्तरण गर्ने गृहमन्त्रीको आश्वासन

    लुम्बिनी, फागुन १९ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग सम्वाद गर्नुभएको छ । रुपन्देहको जिल्ला कारागार जिल्ला सदरमुकामस्थित सिद्धार्थनगर ९भैरहवा०मा छ ।

    images

    घना बस्तीको बिचमा कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्न गृहमन्त्री लेखकसँग आग्रह गर्नुभएको थियो । उहाँले कारागारको जग्गा नगरपालिकालाइ दिनुपर्ने र सोको सट्टा नगरपालिकाले कारागारलाई अन्यत्र जग्गा दिने जानकारी गृहमन्त्री लेखकलाई गराउनुभयो ।

    जवाफमा गृहमन्त्री लेखकले कारागारको नयाँ बन्ने भवनका लागि बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने आश्वासन दिनुभयो । प्रमुख खाँको प्रस्ताव सकारात्मक र समयसापेक्ष रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भवन निर्माणको लागि आगामी बजेटमा पहल गर्ने जानकारी दिनुभयो । 

    भेटपछि प्रमुख खाँले सहरको बिचबाट कारागार स्थानान्तरण गर्न गृहमन्त्री सकारात्मक रहेको उल्लेख गर्दै नगरपालिकाले ओमसतिया गाँउपालिका पटखौलिमा ल्याण्डफिल्ड साईटका लागी नगरपालिकाले खरिद गरेको ६ बिगाह जग्गा कारागारलाई दिन सकिने जानकारी दिनुभयो । यसका लागि तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको पालामा प्रक्रिया अगाडी बढेको र त्यसलाई मुर्त रुप दिन बर्तमान गृहमन्त्रीसँग आग्रह गरेको उहाँले बताउनुभयो ।

    ल्याण्डफिल्ड साईटकालागी खरिद गरिएको जग्गामा स्थानियले अवरोध गरेपछि उक्त योजना अगाडी बढ्न सकेको छैन । हाल नगरपालिकाले फोहोर ब्यबस्थापनको लागी निजि क्षेत्रसँग साझोदारी गरी अगाडी बढ्ने गरी प्रस्ताव आह्वान गरेको छ । साझेदारीका लागि दुई वटा फर्मले प्रस्ताव पेश गरेका छन् । 

    अन्तिम सुचना प्रकासशनको लागि कार्यविधी निमार्ण भैरहेको र फोहोरको दिर्घकालिन व्यवस्थापन छिट्टै अगाडी बढ्ने पनि मेयर खाँले जानकारी दिनुभयो ।


    तेस्रो आँखा