• ट्रेण्डिङ्ग :
पाल्पा डढेलोः चार सामुदायिक वनमा क्षति

पाल्पा डढेलोः चार सामुदायिक वनमा क्षति


  • 2.9K
    SHARES
    • फाल्गुण २२, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.5K Views

    पाल्पा डढेलोः चार सामुदायिक वनमा क्षति

    पाल्पा,  फागुन २२ ।  जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने  संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

    images

    अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । 

    आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् । 


    तेस्रो आँखा